एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) ले आर्थिक वर्ष २०७९÷८० को वार्षिक समिक्षा सम्पन्न गरेको छ । समिक्षा कार्याक्रममा कार्यालयले एक वर्षको अवधिमा गरेको गतिविधि जानकारी गराइएको छ भने नयाँ अर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रमको लागिपनि सल्लाह सुझाव संकलन गर्ने कार्य गरिएको छ । साथै कार्यक्रममा तिन वटै गाउँपालिकाको कृषि र पशु शाखाले पनि वार्षिक रुपमा सञ्चालन गरेका गतिविधि र खर्च बजेटको बारेमा जानकारी गराएका थिए ।

एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम(पूर्व) मा चालु आर्थिक वर्षमा ७ करोड ७ लाख ३८ हजार रुपैयाँ बजेट आएको थियो । जसमा पिएमएएमपी संघ शसर्त अनुदानतर्फ ३५ लाख, प्रविधि सेवाटेवा विस्तार कार्यक्रम अन्तर्गत एक करोड ६६ लाख ८७ हजार, साधारणतर्फको कार्यक्रममा १ करोड ६७ लाख ४४ हजार, पशुपन्छि विकास तथा पशु स्वास्थ्य निमयनअन्तर्गत २ लाख २८ हजार, कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्याक्रममा दुई करोड ११ लाख रुपैयाँ बजेट रहेको थियो ।

यसैगरी स्मार्ट कृषि गाउँ कार्यक्रममा २४ लाख ४९ हजार, उद्योग यन्त्रपूर्वाधार विकास कार्यक्रममा ५१ लाख ८ हजार, उद्योग यन्त्रपूर्वाधार विकास कार्यक्रममा ५१ लाख ८ हजार, कृषि विभाग शसर्त अनुदानतर्फ ४७ लाख ८ हजार र कृषि विभाग संघ सशर्त अनुदानअन्तर्गत १ लाख रुपैयाँ बजेट रहेको थियो ।

आर्थिक वर्ष २०७९÷८० मा कुल बजेटको ४ करोड ६५ लाख ९ हजार ३६ रुपैयाँ अर्थात ६५.७० प्रतिशत बजेट खर्च भएको एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभएको छ । यो खर्च सन्तोषजनक रहेको उहाँले बताउनुभयो । कार्यालयमा आएका कतीपय कार्यक्रममा सुचना खुलाएपनि किसान तथा समुह, सहकारीबाट निवेदन नपर्दा कार्यक्रम सञ्चालन गर्न र बजेट खर्च गर्न समस्या हुने गरेको कार्यालय प्रमुख बस्नेतले बताउनुभयो ।

सम्झौता भइ काम अघि बढेको कार्यक्रममा पनि किसानले कतिपय ठाउँमा पूर्ण रुपमा काम गरेका छैनन् । त्यस कारण पनि कार्यालयले स्थलगत अनुगमण गरेर काम गरेअनुसारको मात्र भुक्तानी दिएको बताउदै यस कारण पनि खर्च बजेटको मात्रा बढ्न नसकेको प्रमुख बस्नेतले बताउनुभयो ।