नारायण ओली
परिचय:
तोरी एक प्रकारको दुई दलीय तेलहन बाली हो। नेपालको पहाडी तथा समथर भूभागमा यसको खेती गरिन्छ। यो नेपालको मूख्य तेलहन बाली हो। यसको बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउनप्रयोग गरिन्छ। भूमेको सन्दर्भमा बेसी देखि लेख सम्म खेती गरिन्छ । यसको खेती लेखमा असोज महिना र बेसीमा मंसिर सम्म गर्न सकिन्छ। तेल औद्योगिक कच्चा पर्दा हो । यसको पिना मल तथा पशु आहारामा प्रयोग गर्न सकिन्छ।
महत्त्व:
खाद्य पदार्थको रुपमा प्रयोग गरिन्छ ।मल तथा पशुको आहाराको रुपमा प्रयोग गर्न सकिन्छ। औद्योगिक कच्चापदार्थकोरुपमा प्रयोग गर्न सकिन्छ।यसले माटोमा नइट्रोजन फिक्सेशन गर्ने भएकहुनाले माटाको उर्वरता वृद्धि हुन्छ ।
हावापानी:
रायो तथा तोरि खास गरेर समशितोष्ण हावापानी देखि शितोष्ण हावापानीमा हिउँदको समयमा हुने बाली हो। चिसो हावापानीमा हुने तुषारो सहन नसक्ने खालको हुन्छ । तोरि लगाएको २५-३० दिनमा फूल फूल्न थाल्छ र ५० दिन सम्म फूलिरहन्छ ।
माटो:
तोरी खेती धेरै किसिमको माटोमा हुन्छ ।हलुका बलौटे, दोमट र चिम्टाइलो माटोमा खेती गर्न सकिन्छ।प्रसस्त प्रांगारिक तत्व भएको पानी नजम्ने माटोमा हुन्छ।साधारणतया माटोको पि एच ६ देखि ७.५ हुनुपर्छ।हामीले वर्षे आलु रोपेको जमिन तथा अन्य जमिनमा पनि रोप्ने चलन छ।
जात:
भूमे गाउँपालिकाको सन्दर्भमा धेरै जसो स्थानिय जातको तोर र शर्सु खेति गर्ने चलन छ । धेरै रोग किराको प्रकोप नहुने उत्पादन राम्रो हुने गर्छ । उन्नत खेति प्रविधिमा भने पुया बोल्ड, कृष्णा, बिकास, प्रगती लुम्ले, मोरङ तोरीको प्रयोग गरिन्छ ।
जमिनको तयारी तथा लगाउने तरिका:
तोरी खेतीका लागि जमिन तयारी गर्दा २-३ पटक खनजोत गरी, डल्ला फुटाई माटो खुकुलो बनाउनु पर्छ।
झारपातला राम्रोसँग फालि दाते पाता चलाई राम्रोसँग तयारी गर्नुपर्छ ।
तोरी खेती खास गरेर कार्तिक महिना भरी गर्न सकिने भएता पनि कार्तिकको दोस्रो हप्तामा खेति गर्दा उत्पादन धेरै हुन्छ ।
तर हाम्रो भूमेको सन्दर्भ तथा हावापानीमा असोज महिना देखि मंसिर महिना सम्म खेति गरिन्छ ।
३-४ से मी गहिरो बनाई बीउ रोप्नुपर्छ । प्रति हेक्टरमा ८-१० के जी का दरले बीउको आवश्यकता पर्छ। हाम्रो क्षेत्रमा आलु-तोरी- गहुको बाली चक्र अपनाउन सकिन्छ। तोरीलाई अन्य हिउँदे बालीसंगमिश्रित खेती पनि गर्न सकिन्छ।
यसलाई रोपेको २०-२५ दिनमा फूल फूल्ने बेला सिचाइ गर्न सकिन्छ र त्यसपछि ४०-५० दिनको बीचमा पनि सिचाइ गर्दा उत्पादन राम्रो हुन्छ । यो बालीमा NPK ६०:४०:२० का दरले प्रयोग गर्नुपर्छ। हाम्रो जस्तो प्राङ्गारिक जिल्लामा प्रसस्त मात्रामा जैविक मल, गोठे मल, कम्पोष्ट मल वा गडेउँले मल आदि प्रयोग गर्न सकिन्छ ।
झारपात तथा रोग किराहरु:
यस बालीमा बिशेश गरी अरोवेन्की नामक परजीवी झार आउने भएको हुनाले गोडमेल गरेर खाडलमा ठगाडिदिनुपर्छ । अन्य कुनै झारपात आएमा हसियार पूर्वक उखेलेर फाल्नुपर्छ ।
तोरी बालीमा विभिन्न किसिमका रोगो तथा किराहरुले सताउने गर्दछ । जस्तै: थोप्ले डढुवा, सेतो रोग , डाउनी बिल्डिउ, धुले ढुसी, आदि रोग ले सताउने गर्छन। यश रोगको लागि उपयुक्त व्यवस्थापन गर्नुपर्छ । तोरी बालीलाई विभिन्न किराहरुले पनि सताउने गर्छ । जस्तै: तोरीको करौते झिंगा, लाही किरा, पुतली आदिले सताउने गर्दछन । यस्ता रोग तथा किराहरुको प्रकोप देखा परेको खण्डमा प्राविधिकको सल्लाह अनुसार उपयुक्त औषधी तथा पेष्टीसाइटको प्रयोग गर्नुपर्छ।
बाली भित्र्याउने:
तोरी वाली तेलहन बाली भएको हुनाले ७५% पाकिसकेपछी होसियारपूर्पक काटेर सुकाउनुपर्छ । २/३ घाम सुकाएर तरी चुट्नुपर्छ । केडामा ९% भन्दा कम चिस्यान भएपछि भण्डार गर्नुपर्छ। तोरी बलाको उत्पादन प्रतिहेक्टर ०.८ देखि १.५ मेट्रिक टन हुन्छ।
यस लेखका लेखक भूमे गाउँपालिकाको पशु सेवा शाखामा नायव पशु सेवा प्राविधिकको रूपमा कार्यरत हुनुहुन्छ ।