रुकुम (पूर्व) का एक युवाले जन्मदिनको अवसरमा बिरामीलाई आर्थिक सहयोग गरेका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ६ का युवा नेता एवम् एमबी ग्रुप कम्पनीका सञ्चालक मनबहादुर विसीले एक जना विपन्न परिवारलाई सहयोग गर्नुभएको हो । उहाँले सिस्ने गाउँपालिका ६ पाखागाउँ निवासी ३८ वर्षका मस्तिष्कघातका बिरामी दिपेन्द्र शाहीलाई दश हजार रकम सहयोग गर्नुभएको हो ।

मस्तिष्क घातका बिरामी शाही रोल्पाको लीबाङमा उपचारार्थ हुनुहुन्छ । अब उपचारको लागि रकम संकलन गरेर केही दिन पछि झापाको बिर्तामोड क्यान्सर अस्पतालमा थप उपचारको लागि जाने तयारीमा शाही हुनुहुन्छ । बिसीले जन्मदिनमा हुने फजुल खर्चलाई कटाएर थो्रै भएपनि राहत मिलोस भनेर ती बिरामी व्यक्तिलाई थोरै आर्थिक सहायता गरेको बताउनुभयो । शाही मस्तिष्क घात भएर विगत एक वर्षदेखि उपचारको क्रममा हुनुहुन्छ । विसी यसअघि देखि विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आउनुभएको छ ।

विसीले बिरामीका बुबा केशव शाहलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । छोराको जीवन बचाउन आर्थिक सहयोग गरेकोमा खुशी हुँदै उहाँको बुवाले विसीलाई धन्यवाद दिनुभएको छ । बिसीले पनि जन्मदिनको अवसरमा थोरै रकम भएपनि पबिरामीलाई सहयोग गर्न पाएको खुसी व्यक्त गर्दै बिरामीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।