रुकुम (पूर्व) मा स्वास्थ्यकर्मीहरुको लागि खोप सम्बन्धि आधारभूत तालिम सञ्चालन गरिएको छ । जिल्लाका तिन वटै गाउँपालिकाका स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाईका १७ जना स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि आधारभूत तालिम प्रदान गरिएको हो ।

गएको २४ गतेबाट सुरु भएको तालिम बिहिबार सकिएको हो । तालिममा सहभागी स्वास्थ्यकर्मीलाई खोपको शैद्धान्तिक ज्ञान, कोल्ड चेन सम्बन्धि, खोप लगाइसकेपछि हुने अवान्छित घटनाको व्यवस्थापन, खोप सम्बन्धि रीपोर्टीङ र रेकर्डिङ सम्बन्धिका कुराहरु सिकाईको स्वास्थ्य कार्यालयका सुचना अधिकारी एवम् ल्याब टेक्निसीयन निमप्रसाद गीरीले जानकारी दिनुभयो ।

४ दिनको अवधिमा स्वास्थ्य कार्यालयका कोल्ड चेन निरीक्षक मनोज श्रेष्ठ, ल्याब टेक्निसीयन निमप्रसाद गीरी, वाटर एडका गुणस्तर अनुगमण अधिकृत मनोज नेपाल र यूनीसेफका नविन सुवेदीले तालिमको सहजिकरण गर्नुभएको थियो ।