चन्द्र रसाइली


रुकुम (पूर्व) को भूमे गाउँपालिकाले अपागं परिचयपत्र वितरण गरेको छ । अपागंता परिचयपत्र स्थानीय समन्वय समितिले आज गाउँपालिकाबाट पाँच जनालाई परिचय पत्र वितरण गरेको छ । गाउँपालिकाले हरेक महिनाको ६ गते अपागं परिचय पत्र वितरण गर्दै आएको छ । सोही अनुरुप आज पनि गाउँपालिकाबाट ख वर्गको ४ जना र ग वर्गको एक जनालाई परिचय पत्र वितरण गरिएको हो ।

ख वर्गको परिचय पत्र पाउनेमा भूमे–३ सिमाका फेरबहादुर पुन, सोही ठाउँका काले पुन, भूमे–९ का देउसरा पुन र भूमे–८ का गोविन्द खड्का रहनुभएको छ । भूमे–८ का विवश रोकाले ग वर्गको अपागंता परिचय पत्र पाउनुभएको छ । अपागंता परिचयपत्र स्थानीय समन्वय समिती संयोजक मनकुमारी बुढा (विष्ट)को संयोजकत्वमा अपागंता परिचयपत्र वितरण गरिएको हो ।

स्थानीय समन्वय समितिका सदस्य तथा स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादव, प्रशासन अधिकृत प्रेमप्रसाद भट्टराई, महिला बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख धनिषा पुनमगर लगायतको टोलीले परिचयपत्र वितरण गरेको हो ।