रुकुम (पूर्व) को सिस्ने गाउँपालिकामा लैंगिक समानता तथा समावेशिकरण परिक्षण (जेसी अडिट) सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । आजबाट सुरु भएको कार्यक्रम भोलीसम्म चल्ने छ । अभिमुखीकरण कार्यक्रममा जेसी अडिट भनेको के हो, यो किन गर्ने, यसको विधि, प्रक्रिया र जेसी अडिट गर्दा संस्थागत रुपमा गाउँपालिकालाई के फाइदा हुन्छ भन्ने कुराहरु जानकारी गराइएको छ ।

लैगिंक समानता तथा सामाजिक समवेशिकरण सम्बन्धिका सुचकमाथी सामुहिक रुपमा छलफल गरी सहमतीको आधारमा प्राप्ताकं दिइन्छ । भोली यसको सवल र दुर्वल पक्ष, अवसर तथा चुनौतीको विश्लेषण गरिनुका साथै आगामी कार्यक्रममा पेशको लागी कमजोर पक्षमा कार्ययोजना तयार गरिने छ । जेसी अडिटको लागि गाउँपालिकामा उपाध्यक्ष गोबरधन बुढाको संयोजकत्वमा ५ सदस्यिय कार्यदल पनि निर्माण गरिएको छ । यसले अडिटको काम गर्ने छ ।

यस्तै गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा भोली ११ सदस्यीय कार्यान्वयन समिति पनि निर्माण हुने रुडास नेपालका कार्यकारी प्रमुख तथा जेसी अडिटका सहजकर्ता शोभाराम डाँगीले जानकारी दिनुभयो । जेसी अडिटले गाउँपालिकामा लैगिंक हिंसा बिरुद्धको अभियानका बजेट छ की छैन्, अपागं, अल्पसंख्यकको लागी बजेटको व्यवस्था नीति निर्माण गरिएको छ की छैन भनेर हेर्न तथा नगरेको भए बजेट व्यवस्थापन देखी लिएर नीति निर्मणमा सघाउ पुर्याउने डाँगीले बताउनुभयो ।

बजेट व्यवस्था र नीति निर्माण गरेर पनि कार्यान्वन नभएको खण्डमा कार्यान्वयनमा सहयोग पुर्याउछ । यसले गाउँपालिकालाई लैंगिकमैत्री बनाउन सहयोग गर्ने डाँगीको भनाई छ । सिस्ने गाउँपालिकाको आयोजना तथा लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगन्ज बाँकेको सहयोगमा रुडास नेपालले अभिमुखीकरण कार्यक्रमको सहजिकरण गरिरहेको छ ।