बिमलराज डाँगी

रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर ४ ले ज्येष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन गरेको छ । वडाले वडाभित्रका ७० बर्ष माथिका १०४ जना ज्येष्ठ नागरिकलाइ सम्मान तथा अभिनन्दन गरेको हो । ४ नम्बर वडाध्यक्ष उदिम घर्तीमगरको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा करिव ५० जना जेष्ठ नागरिकहरुको उपस्थित रहेको थियो ।

४५ जना पुरुष, ५९ जना महिलाहरुलाइ सम्मान गर्ने योजना रहेको वडा सचिव गणेश बहादुर विष्टले जानकारी दिनुभयो । उपस्थित हुन नसेकाका जेष्ठ नगारिकलाइ टोलमै पुगेर सम्मान गरिने योजना रहेको वडा सचिव विष्टले बताउनु भएको छ । ज्येष्ठ नागरिकहरुलाई अतिथिहरुद्धारा खादा र टिका लगायर सम्मान गरिएको हो । वडा अध्यक्ष घर्तीले आफ्नो वडा भित्र रहेका जेष्ठ नागरिकहरुलाइ सम्मान गर्न पाउदा आफु खुशी भएको बताउनु भयो ।

नेपाल सरकारले जेष्ठ नागरिकहरुको लागि समाजिक सुरक्षा भत्ता अन्तर्गत वृद्धा भत्ता, एकल भत्ता लगायत विभिन्न कार्यक्रम अगाडि सारेको साथै गाउँपालिका र वडा कार्यालयले पनि जेष्ठ नगारिकहरुको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको उहाँले बताउनुभयो । वडाध्यक्ष घर्तीले स्थानीय निर्वाचन भएको करिव अव ५ वर्ष पुग्न लाग्दा यस वडाका जनतालाइ आवश्यक पर्ने आधारभुत सेवाहरु पाउनेगरी विकास भएको बताउनुभयो ।

सम्मान कार्यक्रममा थवाङ गाउँकार्यपालिका सदस्य पुन बहादुर बिक, वडा सदस्य सुदेश रोकामगर, वडा सदस्य विसम पुन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन वडा सचिव गणेश बहादुर विष्टले गर्नुभएको थियो ।।