रुकुम(पूर्व) को भूमे गाउँपालिकामा अंग्रेजी विषयका शिक्षकलाई तालिम प्रदान गरिएको छ । गाउँपालिका भित्रका आधारभूत र माध्यामिक तहका अंग्रेजी विषयका शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।
विषयगत शिक्षकको क्षमता विकास गर्ने र विद्यार्थीलाई गुुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अंगेजी विषयका शिक्षकहरुको लागि तालिमको आयोजना गरेको गाउँ शिक्षा समितिका संयोजक एवम् गाउँपालिका अध्यक्ष रामसुर बुुढामगरले बताउनुभयो ।
उहाँकाअनुसार कक्षा ६–८ र ६–१२ सम्म पठनपाठन हुने विद्यालयका अंग्रेजी विषयका शिक्षकहरुलाई ८ देखि १२ गतेसम्म तालिम प्रदान गरिएको थियो । आधारभूत तह कक्षा १–३ र १–५ का अंग्रेजी शिक्षकलाई शुक्रबार र शनिबार तालिम प्रदान गरिएको हो । ८ गतेदेखि १४ गतेसम्म चलेको तालिममा तुलसिपुर उपमहानगरपालिका दाङका शिक्षा तथा युवा विकास महाशाखाका प्रमुख मनबहादुर खड्काले सहजिकरण गर्नुभएको थियो ।