निराजन शिर्पाली
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङमा नेपाल टेलिकमको टावर बनेको झन्डै एक बर्ष हुन लागेको छ । तर टावर बनेको एक वर्ष हुन लाग्दा पनि सञ्चालनमा भने आउन सकेको छैन् । टावर ठडिएको लामो समयसम्म हुँदा पनि सञ्चालनमा नआउदा दादिङ आसपास क्षेत्रका नागरिकहरु समस्यामा परेका छन् ।
टावर सञ्चालनमा नआउदा सबैभन्दा बढी सिस्ने २ का नागरिकहरु समस्यामा परेका छन् । टावर सञ्चालनमा नआएकै कारण सिस्ने २ का नागरिकहरु फोन गर्नकै लागि डाँडाकाँडा धाउनुपर्ने बाध्यतामा रहेको स्थानीय मिलन पुनले बताउनुभयो । टावर सञ्चालनमा आयो भने सिस्ने गाउँपालिका वडा नम्बर २, ४, ५ र ६ को विभिन्न क्षत्रेमा सञ्चारको राम्रो सुविधा पुग्ने छ ।
दुर सञ्चार कार्यालय रुकुम(पूर्व) ले भने टावर छिट्टै सञ्चालनमा आउने बताएको छ । जिल्लाको अन्य ठाउँमा पनि टावर निर्माणाधिन अवस्थामा रहेकाले सबै ठाउँका टावर एकै साथ सञ्चालनमा ल्याउने दुर सञ्चार कार्यालय रुकुम(पूर्व) ले बताएको छ ।