
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य एवम् सिस्ने गाउँपालिका इन्चार्ज कृष्ण रेग्मिले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न प्रमुख अवरोधको रुपमा प्रतिगमनकारी ओली प्रवृृती र मतियारको रुपमा माओवादी आन्दोलनका केही भगौडाहरु रहेको बताउनुभएको छ । सिस्ने २ को विभिन्न ठाउँमा आयोजना गरिएको अन्तरक्रिया घरदैलो तथा जनभेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सोही शक्तिका विरुद्ध राजनीतिक प्रहार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ । नेकपा माओवादी केन्द्रका सिस्ने गाउँसमिति अध्यक्ष मन्सराम खड्काले पार्टीले दिएको जिम्मेवारीलाई सम्पुर्ण नेताकार्यकर्ताले ईमानदारीताका साथ आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो । खड्काले देश अहिले माओवादीकै एजेन्डा चलिरहेको बताउदै आगामी निर्वाचनमा माओवादी भारी मतले बिजयी हुने बताउनुभयो ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले पार्टी वडा, टोल र सेल समितिलाई सक्रियताका साथ अगाडी बढाउनु पर्ने बताएका थिए । साथै २ नम्बर वडामा पहिलेको तुलनामा ५ बर्षको अन्तरालमा थुप्रै खालका विकास निर्माणका कामहरु सप्पन्न भएको बताएका छन । भौगोलिक रुपले विकट मानिने सिस्ने २ नम्बर वडामा खानेपानी, स्वास्थ्य, शिक्षा र सञ्चार लगाएतका कामहरु ५ वर्षको अवधिमा सम्पन्न भएको भन्दै त्यहाँका नागरिक खुसी भएका छन् । जेष्ठ नागरिक, सहिद परिवारलाई सम्मान, घरघरमा गएर सामाजिक सुरक्षा भत्ता वितरन लगाएत उदाहरणीय काम वडाले गरेको सहभागीहरुको भनाई रहेको थियो ।
त्यस्तै वैशाख ३० मा हुने आगामी निर्वाचनमा निस्वार्थ रुपमा जनताको सेवामा अहोरात्र खट्ने उम्मेदवार छनोट गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन । सिस्ने गाउँ सरकारका २ नम्बर वडाध्यक्ष जीवन केसिले सबै जनताको साथ सहयोगले चुनावमा गरेका प्रतिबद्धता सफलता पुर्वक सम्पन्न गरेको बताउनुभयो । पालिका अस्पताल, नेटा सहिद पार्क, छिपखोलामा ४० वाटको विद्युतको निर्माण, सुद्रीमा नेपाल टेलिकमको टावर निर्र्माण लगाएतका कामहरु भएको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रमको क्रममा पुर्व जनमुक्ति सेना, स्थानीय जनसरकारका प्रतिनिधि, पार्टी सदस्यहरु, सहिद परिवार, घाईते अपागंता भएका योद्धाहरुसँग भेटघाट गरिएको छ । अन्तरक्रिया कार्यक्रममा वडामा रहेका टोल कमिटी र सेल कमिटीले गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।
२ नम्बर वडा समिति अध्यक्ष धनबहादुर कामिको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।