रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर २ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडा समिति गठन गरिएको छ । सिस्ने २ नायगाडमा शनिबार सम्पन्न भेलाले ललिता घर्तीको अध्यक्षतामा पछि ५ जना थप गर्नेगरी २९ सदस्यीय वडा समिति निर्माण गरेको हो ।

जसको उपाध्यक्षमा लता केसी, सचिवमा अरुणा केसी, सहसचिवमा विन्दु विक र कोषाध्यक्षमा दिलकुमारी विक चयन हुनुभएको छ । कार्यक्रममा उपस्थित ज्येष्ठ तथा सहिद परिवारकी लता केसीको अध्यक्षतामा भएको भेलामा अनेम संघ क्रान्तिकारीका सिस्ने गाउँपालिका सचिव मिना केसीको प्रमुख आतीथ्यता रहेको थियो ।

भेलामा नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका २ नम्बर वडा समितिका इन्चार्ज चन्द्रराज झाक्रि, अध्यक्ष धनबहादुर कामीलगाएतको आतीथ्यता रहेको थियो ।