
जिवन छन्त्याल
रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १३ मा नेकपा माओवादी केन्द्रको जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँ समितिको यस अघि बसेको बैठकले गरेको निर्णयअनुसार जनसम्बन्ध सुदृढ अभियानअन्तर्गत रहेर आज वडा नम्बर १३ को विर्गुममा त्यहाँका नागरिकसँग अन्तरक्रिया तथा छलफल गरिएको हो ।
कार्यक्रममा १३ नम्बर वडाका सबै टोल र जनवर्गिय संगठनका प्रमुख तथा प्रतीनिधीहरुले आआफ्नो टोलको गतिविधीहरु प्रस्तुत गरेका थिए । यस्तै पुथाउत्तरगंगा गाउँपालिका १३ वडा सरकारका अध्यक्ष दिनेश गुरुङ र गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नम्बर ८ का वडाध्यक्ष भिमबहादुर मल्लले गाउँपालिका र वडापालिकाले अहिलेसम्म गरेका विकास निर्माणका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमको अवधिमा भौगोलिक विकटता भएको यस ठाउँमा विकास निर्माणको कामकाज क्रमिक रुपमा हुदैँ गएको सहभागिहरुले बताएका थिए । साथै सहभागिहरुले स्थानीय तहको चुनाव नजिकिदै जादा अबको नेतृत्वमा सहि व्यक्तिलाई मात्र टिकट दिन सुझाव दिएका थिए ।
नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिका वडा समिति १३ का अध्यक्ष चुमान कुवरको अध्यक्षतामा भएको जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति सदस्य एवम् पुथाउत्तरगंगा गाउँपालिकाका इन्चार्ज जिताराम कामीको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा पार्टी गाउँपालिका उपाध्यक्ष दिलुकुमारी बुढा, जनक छन्त्याल, सचिव भिमबहादुर मल्ल, लुपम्बनी प्रदेश प्रतिनीधि दिपेन्द्रकमार छन्त्याल, १३ नम्बर वडा सरकारका अधयक्ष दिनेश गुरुङलगाएत पार्टी सदस्य र अन्य नागरिकको उपस्थिती रहेको थियो ।
बैठकको सञ्चालन वडा पार्टीका सचिव तेजेन्द्र शेर्पालीले गर्नुभएको थियो ।