रुकुम पश्चिमको त्रिबेणी गाउपालिकामा ५ दिने आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल त्रिबेणी गाउँपालिकाको आयोजना र त्रिबेणी गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । त्रिबेणी गाउपालिका भित्रका १० वटै वडाबाट प्रशिक्षार्थी सहभागी भएको प्रेस सेन्टर त्रिबेणीले जनाएको छ ।

एक वडा एक पत्रकार उत्पादन गर्नुका साथै गाउपालिकामा भएका बिकास निर्माणको जानकारी, नराम्रो कामको खबरदारी गर्ने उद्देश्यले ५ दिने आधारभुत पत्रकारिता तथा उद्घोषण तालिमको आयोजना गरेको प्रेस सेन्टर त्रिबेणी गाउपालिका अध्यक्ष कुबेर ओली ले बताउनुभयो । तालिममा सहभागी भएका ३५ जनामध्ये उत्कृष्ट १० जनालाई पुरस्कृत गरिएको अध्यक्ष ओलीले बताउनुभयो ।

५ दिने आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम गत फागुन २६ गते देखि सहिद स्मृति भवन त्रिबेणी गाउपालिका २ सिम्रुतुमा सन्चालन भएको थियो ।

प्रेस सेन्टर त्रिबेनी गाउपालिका अध्यक्ष कुबेर ओलीको अध्यक्षतामा भएको सम्पन्न कार्यक्रमको प्रमुख अतिथी त्रिबेणी गाउपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती, विशेष अतिथि जिल्ला समन्वय समितीका सदस्य टेकबहादुर ओली, अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार समितीका सदस्य मिनबहादुर ओली, नेकपा माओवादी केन्द्र त्रिबेणी गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्का, बरिष्ठ उपाध्यक्ष सुन्दर ओलि, ६ नम्बर वडाध्यक्ष राजेन्द्र पुन, वडा नम्बर ५ का सदस्य खड्के कामी प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मेगराज खड्का, प्रदेश समन्वय समिती सदस्य बिपेन पुनको पनि उपस्तिथि रहेको थियो ।