जिल्लास्थित रुकुम(पूर्व) अस्पतालमा एक दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । शिविरको लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले कलशमा बत्ति बालेर उद्धघाटन गर्नुभएको हो । साथै सभामुख घर्तीसँगै लुम्बिनी प्रदेशसभाका सदस्य तेजबहादुर ओली, जिल्ला समन्वय समिति उपप्रमुख भिमकुमारी पुन, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का र डिएसपी गनेशबहादुर श्रेष्ठको प्रेसर जाँच गरेर शिविरको सुरुवात गरिएको छ ।

स्वास्थ्य कार्यालय (पूर्व) को समन्वय तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा नाक, कान, घाटी, बाल रोग र स्त्री रोग सम्बन्धि सेवा प्रदान भइरहेको छ । शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टरहरु स्त्रि तथा महिला रोग विशेषज्ञ डाक्टर नविन तिरुवा, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज चाँपागाइ, रेडियोलोजिस्ट डाक्टर सगुन मानन्धर र बाल रोग विशेषज्ञ डाक्टर सन्दिप शाक्यले सेवा दिइरहनुभएको छ ।

रुकुम(पूर्व) अस्पततालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गनेश चौधरीको अध्यक्षतामा भएको शिविर उद्धघाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीको प्रमुख र प्रदेशसभाका सदस्य तेजबहादुर ओलीको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख भिमकुमारी पुन, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खडड्का, जिल्ला प्रहरी प्रमुख डिएसपी गनेशबहादुर श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्इक्ष गनेश ओली, मुख्यमन्त्रि शैक्षिक सुधार कार्यक्रमका संयोजक दुर्गा गौतम, अस्पताल व्यवस्थापन समितिका पूर्व सदस्य भावना बुढाथोकी, स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत जनार्दन अधिकारीलगाएतको आतीथ्यता रहेको थियो ।

स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का प्रमुख नारायन चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका रामप्रसाद भट्टराइले गर्नुभएको थियो ।