
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ३ मा योङ् कम्यूनिष्ट लिग वाइसियलको भेला सम्पन्न भएको छ । भेलाले भरत खड्काको अध्यक्षतामा २५ सदस्यीय वाइसियल वडा समिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा बलबहादुर खत्री, प्रकाश खड्का, टेकबहादुर खड्का, सचिवमा रेनुका खड्का, सहसचिवमा बिनेत केसी र कोषाध्यक्षमा जुदबिर सुनार रहनुभएको छ ।
नयाँ गठित वाइसियलको वडा समितिले आगामी निर्वाचनमा पार्टीलाई जिताउन अभियान थाल्ने निर्णयसमेत गरेको छ । वाइसियलका सिस्ने गाउँपालिका इन्चार्ज सगरमाथा खत्रीको अध्यक्षतामा सम्पन्न भेलामा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोबरधन बुढाको प्रमुख र ३ नम्बर वडा पार्टी इन्चार्ज गोपिराम खड्काको विशेष आतीथ्यता रहेको थियो ।
यस्तै भेलामा पार्टी सिस्ने गाउँपालिका सदस्य लोकेन्द्र खड्का, वडा पार्टीका अध्यक्ष नन्दराम लामिछाने, सचिव यमराज खड्कालगाएतको आतीथ्यता रहेको थियो । भेलाको सञ्चालन अनेरास्ववियू क्रान्तिकारीका जिल्ला सदस्य अमर खत्रीले गर्नुभएको थियो ।