हिकमत प्रोतेल/रुकुम(पूर्व)


रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको राजनैतिक तथा वैचारिक प्रशिक्षण सकिएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कमला रोका, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओली, वैकल्पिक केन्द्रीय सदस्य मेघबहादुर श्रेष्ठ, लुम्बिनी प्रदेश कार्यालय सदस्य रामसुर बुढामगर, प्रदेश समिति सदस्य तथा जिल्ला समन्वय समिति संयोजक होमप्रकाश श्रेष्ठ, प्रदेश समिति सदस्य एवम् जिल्ला समन्वय समिति सचिव पुणिराज घर्तीलगाएतले प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियो ।

उहाँहरुले प्रशिक्षण कार्यक्रममा आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहको चुनावलाई सफल बनाउन र पार्टीलाई जिताउन आ–आफ्नो ठाउँबाट लाग्न सबैलाई निर्देशन दिनुभएको छ । माओवादीको एजेण्डामा देश चलिरहेको बताउदै फेरी पनि माओवादीलाई जिताउनुपर्ने र यसमा सबै लाग्नुपर्ने भनाई उहाँहरुको थियो ।

राजनैतिक तथा वैचारिक प्रशिक्षणमा गाउँपालिका पार्टी इन्चार्ज जिताराम कामीले गाउँपालिका भित्र भएका तयारी लगाएतका बारेमा रिपोर्टिङ गर्नुभएको थियो । नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँ समिति अध्यक्ष हर्कबहादुर कामीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पुथाउत्तरगंगा गाउँसमितिका बरिष्ठ उपाध्यक्ष जनक छन्त्यालले स्वागत मन्तव्य रराख्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँ समितिका सचिव भिमबहादुर मल्लले गर्नुभएको थियो ।