
रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रको तेस्रो वडा समितिको बैठक सम्पन्न भएको छ । बैठकले आगामी स्थानीय तहको चुनावलाई लक्षित गर्दै विभिन्न निर्णयहरु गरेको छ । बैठकले २१ गते हुने जबसको जिल्ला सम्मेलनलाई सफल बनाउने, २४ गते हुने वाइसियल भेलालाई सफल बनाउने, टोलटोलमा सुझाव संकलन गर्ने र निर्वाचन परिचालन समिति बनाउने लगाएतका निर्णय गरेको छ ।
बैठकमा सहभागीहरुले वडामा चुनाव केन्द्रित भएर पार्टीका हरेक गतिविधिलाई छिटोछरितो अगाडि बढाउनु पर्ने बताएका थिए । त्यस्तै २०७४ को स्थानीय चुनावपछि माओवादी केन्द्रबाट उम्मेदवार भई जितेर आएका जनप्रतिनीधिले थुप्रै विकास निर्माणको काम गरेको पनि नागरिकहरुले बताएका छन् । त्यस्तै सहभागीहरुले आगामी चुनावमा पनि वडा समिति र पार्टीले सक्षम उम्मेदवार छनोट गर्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदश समिति सदस्य एवम् सिस्ने गाउँ समिति ईन्चार्ज कृष्ण रेग्मीले सम्पुर्ण टोल, सेल समितिलगाएत पार्टीका नेताकार्यकर्तालाई एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । बैठकमा सहभागिहरुले दिएको सुझावलाई आत्मसात गर्दै योजना बनाएर अगाडी बढाउनुपर्नेमा जोड दिएको पनि उहाँले बताउनुभयो ।
त्यस्तै लुम्बिनी प्रदेश समिति सदस्यएवम् सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले आगामी बैशाख ३० मा हुने स्थानीय चुनावमा टोलटोलमा गएर जनताको सल्लाह सुझाव अनुसार उम्मेदवार छनोट गर्ने बताउनुभएको छ । गौतमले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्दै भौतिक पुर्वाधार लगाएत स्वास्थ्य शिक्षा खानेपानीमा थुप्रै उदाहरणीय काम गरेको र बाकी रहेका केही अधुरा कामहरूलाई आगामी चुनाव पछि आउने माओवादीकै जनप्रतिनिधिले पूरा गर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका वडा समिति ५ का अध्यक्ष प्रकाश कार्कीको अध्यक्षतामा बसेको बैठकमा लुम्बिनी प्रदेश समिति सदस्य तथा सिस्ने गाउँ समितिका ईन्चार्ज कृष्ण रेग्मिको प्रमुख आतीथ्यता रहेको थियो । बैठकमा पार्टी लुम्बिनी प्रदेश समिति सदस्य तथा सिस्ने गाउपालिका अध्यक्ष कुमारी बराल, प्रदेश समिति सदस्य धनिमान पुन, प्रदेश सल्लाहकार समिति सदस्य जयबहादुर मल्ल, लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्य हरिकृष्ण गौतम, सिस्ने गाउँसमिति उपाध्यक्ष भद्रि थापा, शान्तेबहादुर विक, सचिवालय सदस्य सुधन रेग्मिलगाएतको आतीथ्यता रहेको थियो ।
बैठकको सञ्चालन पार्टी वडा समितिका सचिव केशव थापाले गर्नुभएको थियो ।