रुकुम(पूर्व) को तीन वटै गाउँपालिकामा टाइफाइड बिरुद्धको खोप अभियान सुरु भएको छ । भूमे गाउँपालिकामा २४ गतेबाटै खोप अभियान सुरु भएको हो भने सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकामा २५ गते अर्थात आजबाट टाइफाइड बिरुद्धको खोप लगाउन सुरु गरिएको हो । जिल्लामा खोप अभियान यहि चैत्र २९ गतेसम्म चल्ने छ । बाकी रहेको ठाउँमा एक दुई दिन थप गरेर अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

आज सिस्ने गाउँपालिका ३ मा रहेको जनतामा मावि पोखरा खोपकेन्द्रमा गाउँपालिका अध्यक्ष कुमारी बराल र पुथाउत्तरगंगा गाउँपालिका १२ कोलमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले खोप अभियानको उद्धघाटन गर्नुभएको छ । अन्य खोप केन्द्रमा पनि अभियान सुरु गरिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी निमप्रसाद गिरीले जानकारी दिनुभयो । भूमे गाउँपालिका भने गाउापालिका अध्यक्ष रामसुर बुढामगरले २४ गते नै खोप कार्यक्रमको उद्धघाटन गर्नुभएको हो ।

यहि चैत्र २५ बाट वैशाख १८ गतेसम्म देशव्यापी रुपमा चल्ने टाइफाइड बिरुद्धको खोप अभियान देशैभर आजबाट सुरु भएको छ । स्वास्थ्य कार्यालयका सुचना अधिकारी गिरीकाअनुसार जिल्लामा एक सय ४८ वटा खोपकेन्द्र तोकिएको छ । सिस्नेमा ४१, भूमेमा ४६ र पुथाउत्तरगंगा गाउँपालिकामा ६१ वटा खोपकेन्द्र तोकिएको छ । २ सय ९६ स्वयमसेवक खटिने सुचना अधिकारी गिरीले बताउनुभयो । अभियानको क्रममा जिल्लाका १५ महिनादखि १५ वर्षसम्मका १८ हजार ४ सय १८ जना बालबालिकालाई खोप लगाइने छ ।

खोप कार्यक्रम सुरु भएसँगै अनुगमणको काम पनि सुरु गरेको स्वास्थ्य कार्यालयले बताएको छ । यस अभियान पछि भने टाइफइड बिरुद्धको खोपलाई बच्चा जन्मेको १५ महिना पुग्ने बित्तिकै नियमित खोपको रुपमा लगाइने छ ।