रुकुम(पूर्व) मा नेपाल ज्योतिष परिषद जिल्ला कार्य समितिको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । आज सिस्ने गाउँपालिका ६ छिप्रिदहमा नयाँ नेतृत्व चयन गर्दै दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

चेताराम उपाध्यायको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा शोभाकर पौडेल, ऋषिराम शर्मा, होमलाल शर्मा, सचिवमा सुमन आचार्य, सह सचिवमा मदन आचार्य, युवराज गौतम, कोषाध्यक्षमा बिष्णु देवकोटा र सहकोषाध्यक्षमा लालबहादुर खत्रीलाई चयन गरिएको छ ।

“हामीले धर्मको रक्षा गर्छौ, धर्मले हामीलाई रक्षा गर्छ” भन्ने भावनाका साथ जिल्लामा ज्योतिष परिषदको स्थापना गरिएको ज्योतिष परिषद लुम्बिनी प्रदेश सदस्य मदन शर्माले जानकारी दिनु भयो । बैद्धिक सनातन धर्मको रक्षा गरी धार्मिक सहिष्णुता कायम गर्नमा पनि ज्योतिष परिषदले टेवा पु¥याउने उहाँको भनाई छ ।।