रुकुम(पूर्व) को भूमे गाउँपालिकामा योङ् कम्यूनिष्ट लिग वाइसियलको पूनः गठन गरिएको छ । सोमबार खाबाङमा बसेको बैठकले गाँउ समितिको पूनः गठन गरेको हो ।
भूमेमा यस अघिकै अध्यक्ष अनिल रोकाको अध्यक्षतामा ७१ सदस्यीय पालिका स्तरीय वाइसिएल समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा करण रोका, राहुल बुढा, मदन रोका, रमेशकुमार पुन, सचिवमा चन्द्रप्रकाश घर्ती, सहसचिवमा अबिन घले, सुनिलकुमार सुनार, सुस्ती बुढामगर, लक्ष्मी ताम्राकार, वचन राना र कोषाध्यक्षमा बिक्रम पुनलाई चयन गरिएको छ ।
नेकपा माओवादी केन्द्रको गाउँ समिति अध्यक्ष रुपधन कामिको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कार्यालय सदस्य रामसुर बुढा बिरताको प्रमुख आतीथ्यता रहेको थियो । लुम्बिनी प्रदेश सदस्य जयबिर घर्ती जेनी, लालबहादुर विसी प्रभात मनकुमारी बुढा बिष्ट र वाईसीएलको केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज सुनिल रोका मगर, वाईसीएलका प्रदेश सदस्य तथा गाउँ समिती ईन्चार्ज रबिन सुनार लगाएतको पनि बैठकमा उपस्थिती रहेको थियो ।