प्रेस सेन्टर नेपाल रुकुम(पूर्व) भूमे गाउँ समितिको अध्यक्षमा धनकुमार पुन चयन हुनुभएको छ । बुधबार खाबाङमा भएको भेलाले पुनको अध्यक्षतामा १३ सदस्यीय गाउँ समिति निर्माण गरेको हो ।

जसको उपाध्यक्षमा शान्ति बुढा मगर, विकाश रोका मगर, सचिवमा बालाराम शेर्पाली, कोषाध्यक्षमा दुर्गा केसी र सह सचिवमा भावना खड्कालाई चयन गरिएको छ । सदस्यमा निरशा बुढा मगर, सुस्मिता बुढा मगर, दयाराम शेर्पाली, सावित्री खत्री, विनकुमारी पुन र सपना रोका मगरलाई चयन गरिएको छ ।

नयाँ समितिलाई प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिका सदस्य वसन्त बाँठा मगरले सपथ ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र प्रदेश समिति सदस्य मनकुमारी बुढा विष्ट, लालबहादुर बिसी, नेकपा माओबादी केन्द्र भूमे गाउँ समितिका अध्यक्ष रुपधन कामी, सचिव नारायण पुन मगर, प्रेस सेन्टर प्रदेश समिति सदस्य बसन्त बाँठा मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण प्रेस सेन्टर नेपालका जिल्ला उपाध्यक्ष जयमान बुढामगरले गर्नु भएको थियो ।