बिक्रम परियार/रुकुम(पूर्व)


रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ३ स्थित एक सुकुमबासी परिवारलाई एक जना समाजसेवीले निशुल्क जग्गा दानको घोषणा गर्नुभएको छ । सुकुमबासी मोतीराम विकको परिवारलाई समाजसेवी तुलाराम खड्काले एक कठ्ठा जग्गा निशुल्क दान गर्ने घोषणा गर्नुभएको हो ।

सिस्ने ३ पांगा घर भई हाल दाङमा बस्दै आउनुभएका तुलाराम खड्का र उहाँकि श्रीमति सर्मिला खड्काको २६ औँ विवाहउत्सका दिन पारि वैशाख ३ गते मोतीरामको परिवारलाई जग्गा दिने घोषणा गर्नुभएको स्थानिय जनक खड्काले जानकारी दिनुभयो । सुकुमबासी मोतिराम बिकको परिवार ससुराली सिस्ने ८ स्यालापाखामा बस्दै आएको छ ।

उक्त भूमिहिन सुकुम्वासि परिवारको समस्यालाई हेरी विवाहउत्सवको दिन तुलाराम र सर्मिला दम्पतिले पांगामा १ कठ्ठा जग्गा दिने घोषणा गर्नुभएको हो । अवको एकदुइ हप्ताभित्रै दाङबाट फर्किएर जिल्ला मालपोत कार्यालय रुकुमकोटबाट जग्गा पास गरिदिने उहाँहरुले बताउनुभएको छ । आजकै दिन खड्का दम्पतीले घोराहि १५ रतनपुरमा बन्दै गरेको राधाकृष्ण मन्दिरमा नगद रु ३ हजार रुपैँया सहयोग गुर्नुभएको छ भने रुकुम(पूर्व) मा कार्यरत पत्रकार बिक्रम परियारलाई सञ्चार क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रोत्साहन स्वरुप नगद ५ हजार रुपैँया सहित डायरी र कलम प्रदान गरिने खड्काले बताउनुभयो ।

समाजसेवी खड्काले यो भन्दा पहिले पनि स्वर्गिय बुवा सर्वजित खड्काको नाममा पांगाकै धनविर बिकको परिवारलाइ बागेधारामा १ कठ्ठा जमिन दिनुभएको थियो । धनविरको नाममा पनि अव एकैपटक जग्गा पास गरिदिने बताइएको छ । खड्काले यो भन्दा पहिले पनि विभिन्न ठाउँमा समस्यामा परेकाहरुलाई सहयोग गर्दै आउनुभएको छ ।