नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य एवम् पुथाउत्तरगंगा गाउँपालिकाका पार्टी सह इन्चार्ज संगम रोका विकल्पलाई फसाएको भन्दै नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिका पार्टी समितिले विज्ञप्ती निकालेको छ ।

विज्ञप्तीमा भनिएको छ, “हाम्रो गौरवशाली पार्टी (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश समिति सदस्य तथा पुथा उत्तरगंगा गाउँपालिका सह इन्चार्ज क. संगम रोका विकल्पलाई मिति २०७९ वैशाख ७ गते मध्यराती सुतिरहेको अवस्थामा सुनियोजित ढंगले ढोरपाटन शिकार आरक्षबाट मानव अधिकारको हनन् हुने गरी अपहरण शैलीमा गिरफ्तार गरिएको हुँदा यो कार्यप्रती हाम्रो गाउँपालिका पार्टी घोर भत्र्सना गर्दछ ।”

विकल्प स्थानीय तहको चुनावमा पुथाउत्तरगंगा गाउँपालिकाको पालिका अध्यक्ष पदमा उम्मेद्वारीको दाबेदार रहेको र चुनावी तयारीको काममा खटिरहेको बेलामा ७ गतेको मध्यरातमा अपहरण शैलीमा ढोरपाटन शिकार आरक्षको टोलीद्धारा षडयन्त्रमूलक ढंगबाट वन्यजन्ुतको छालासमेत बरामत गरेको प्रचार गरि गिरफ्तार गरेको नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिका समितिले जनाएको छ ।