निराजन सिर्पाली/रुकुम(पूर्व)


रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ४ मा पानी सहित आएको हावाहुरीले घरमा ठुलो क्षति भएको छ । वडा नम्बर ४ दादिङ र ४ कै काडाँमा शुक्रबार राति परेको पानी सहितको हावाहुरीले रुखहरु सहित घर , ढ्याप्री र ट्वाइलेटहरुमा ठुलो क्षति गरेको छ ।

विशेष गरि हस्तवहादुर घर्ती र नलवहादुर खड्काको घरमा धेरै क्षति पुगेको अस्थायी प्रहरी पोस्टका सहायक इन्चार्ज होम बुढाथोकीले बताउनुभएको छ । उहाँका अनुसार हस्तवहादुर घर्तीको घरमा १२ फुटे जस्ता पाता ४२ ओटा र १५ फुटे दार १८ नग सबै काम नलाग्ने गरि हावाहुरीले ठुलो क्षति पुराएको छ । त्यसैगरी ४ नम्बरकै काँडामा पनि ३० ओटा जस्ता पाता ३५ ओटा १३ फुटे दार सहित नलवहादुर खड्का को घरमा पनि क्षति पुगेको बुढाथोकीले बताउनुभयो । अस्थायी प्रहरी पोस्टले मुजुल्का उठाई उक्त क्षति भएको दाबी गरेको हो ।

घर्ती र खड्काका अनुसार हावाले पुर्याएको यो क्षतिलाई आफ्नो आर्थिक अवस्थाले तत्काल धान्न नसक्ने र अवका दिनहरुमा हावाहुरीसँगै पानी परिरहने भएकाले आफुले केहि गर्न नसक्ने बताउनुभयो । यसलाई मर्मतमा ढिलाइ गर्दा घरनै भत्किएर झन ठुलो क्षति हुनसक्ने भएकाले सम्बन्धित सरोकारवाला निकायले तत्काल ध्यान दिए आफूहरुलाई राहत हुने बताउनुभएको छ ।