रुकुम(पूर्व) को सिस्ने गाउँपालिका ४ का विभिन्न स्थानमा नेकपा माओवादी केन्द्रले चु्नावी सभा सम्पन्न गरेको छ । चुनावको मिति नजिकैदै गर्दा चुनावलाई आफनो पक्षमा पार्न माओबादि केन्द्र सिस्ने गाउँपालिकाले चुनावी अभियानलाई तिव्रताका साथ सवै वडामा सञ्चालन गरिराखेको छ । सोहि क्रममा स्थानिय तह निर्वाचन चुनावी परिचालन समिति ४ नम्बर वडाको आयोजनामा माओबादि केन्द्रले अमलाचौरमा चुनावी सभा सम्पन्न गरेको हो ।

४ नम्बर वडाका विभिन्न बस्ती र टोलमा माओबादि केन्द्रले चुनाव लक्षित अन्य कार्यक्रम दैनिक रुपमा सञ्चालन गर्दै आइरहेको छ । वडामा पछिल्लो समय दैनिक जसो घरदैलो कार्यक्रम जारी राखेको माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदार सहित आज अमलाचौर र दादिङमा चुनावी सभा सम्पन्न गरेको वडा अध्यक्षका उम्मेदार कलबहादुर घर्ती कमलले बताउनुभयो । “५ वर्षको अवधिमा सत्तामा आसिन वडा सरकारले गतिलो काम गर्न सकेन”, उम्मेदवार घर्तिले भन्नुभयो, “वर्तमान वडा सरकार प्रती जनता रुष्ट छन । हामी दैनिक जसो जनताका घर दैलोमा पुग्छौ । मतदाता माओवादी केन्द्र प्रती आकर्षित हुनुहुन्छ । हामिले चुनाव जिति सकेका छौ घोषणा गर्न मात्र बाकि छ ।”

उम्मेदवार घर्तिका अनुसार वडाका सवै बस्तिमा माओवादी केन्द्रको चुनाव चिन्ह र नमुना मतपत्रमा मतदान गर्ने तरिका नागरिकलाई सिकाउने काम सञ्चालन भइरहेको छ । यस्तै वडामा काङ्ग्रेस र एमालेले माओबादि केन्द्रप्रति जनतासामु छरेका भ्रम चिर्ने र स्पष्ट पार्ने काम गरिरहेको माओवादी केन्द्र ४ नम्बर वडाले जनाएको छ । चुनावी सभामा अमलाचौर र दादिङका नागरिकले उम्मेदवार समक्ष खानेपानी, सडकको स्तरोन्नति, रोजगारी र खरको छाना हटाउन जस्ता पाताको माग गरेका थिए । वडा कमिटी अध्यक्ष प्रकाश बुढा मगरको अध्यक्षतामा सम्पन्न भएको चुनावी सभा कार्यक्रममा नेकपा माओबादि केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि गनेशमान पुनको प्रमुख र सिस्ने गाउँपालिका इन्चार्ज एवम् पालिका अध्यक्षका उम्मेदवार कृष्ण रेग्मीको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा उपाध्यक्षका उम्मेदवार आस्था बि। क, एकीकृत समाजवादी पाटिका सचीव भुवनेश्वर उपाध्यक्ष, सिस्ने गाउँपालिकाका सचिवालय सदस्य हर्कबिर कामी, वडा अध्यक्षका उम्मेद्धार कलबहादुर घर्ती ९कमल० लगायत माओबादि केन्द्र निकट नेता कार्यकता र ४ नम्बर वडाका नागरिकको उपस्थिति रहेको थियो । चुनावी सभा कार्यक्रमको सञ्चालन वडा कमिटीका सचिव बेगम जैसिले गर्नुभएको थियो ।