रुकुम(पूर्व) को सिस्ने गाउँपालिका ८ धपेमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले चु्नावी सभा सम्पन्न गरेको छ । बैशाख ३० गते हुने स्थानिय तहको चुनाव लाई आफनो पक्षमा पुनः दोहोर्याउन माओबादि केन्द्र सिस्ने गाउँपालिकाले चुनावी अभियानलाई तिव्रताका साथ सवै वडामा सञ्चालन गरिरहेको छ ।
सोहि कार्ययोजना अनुसार स्थानिय तह निर्वाचन चुनावी परिचालन समिति ८ नम्बर वडाको आयोजनामा माओबादि केन्द्रले धपेमा चुनावी सभा सम्पन्न गरेको हो । आज धपेमा चुनावी सभा गरिएको भएपनि ८ नम्बर वडामा माओबादि केन्द्रले टोलटोलमा चुनाव लक्षित अन्य कार्यक्रम तिव्र रुपमा सञ्चालन गरिरहेको माओबादि केन्द्र ८ नम्बर वडाले जनाएको छ । वडाका सवै बस्तिमा चुनाव चिन्ह चिनाउने र नमुना मतपत्रमा मतदान गर्ने तरिका सिकाउने काम पनि संगसंगै सञ्चालन गरिरहेको आमन्त्रित जिल्ला समन्वय समितिका सल्लाहकार सदस्य पदमबहादुुर पुनले जानकारी दिनुभयो ।
उहाँनुसार वडामा अन्य पार्टीले माओबादि केन्द्रप्रति जनतासामु छरेका विभिन्न भ्रम चिर्ने काम पनि भइरहेको छ । साथै चुनाव प्रचारप्रसार टोलीले माओबादि केन्द्र सत्तामा हुदाँ अहिलेसम्म गरेका कामको बारेमा जानकारी गराउने काम पनि गरिरहेको उहाँको भनाई छ । धपेमा सभा सुरु हुनु अघि वडाका भुरुङगा, स्यालापाखा, लम्पाकोट, झिमखोला लगायतका स्थानबाट सांस्कृतिक झाकी सहितको र्याली निकालिएको थियो । चुनावी सभामा ८ नम्बर वडाका माओबादि केन्द्रमा आस्था र विश्वास राख्ने सायौ नागरिकको सहभागिता रहेको थियो ।
वडा कमिटि अध्यक्ष गोपालसिंह पुनको अध्यक्षतामा सम्पन्न भएको चुनावी सभा कार्यक्रममा नेकपा माओबादि केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि गनेशमान पुनको प्रमुख आतिथ्यता रहेको थियो । सिस्ने गाउँपालिकाका इन्चार्ज एवम गाउँपालिका अध्यक्षका उम्मेद्धार कृष्ण रेग्मी, सिस्ने सरकारका अध्यक्ष कुमारी बराल र उपाध्यक्ष गोबर्धन बुढाको विशेष आतिथ्यता रहेको थियो ।
यसैगरी कार्यक्रममा एकीकृत समाजबादि पार्टीका जिल्ला सचिव भुवनेश्वर उपाध्याय, अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष केशव रावल, नेकपा माओबादि केन्द्र लुम्बिनी प्रदेश जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य धलबहादुर सार्की, पार्टीका जिल्ला समन्वय समिति सदस्य बासुदेव गौतम, मुख्य मन्त्रि शैक्षिक सुधार कार्यक्रमका जिल्ला संयोजक दुर्गा गौतम, सिस्ने गाउँपालिका उपाध्यक्षका उम्मेद्धार आस्था वि.क, सिस्ने गाउँपालिकाका सचिवालय सदस्य हर्कविर कामी, वडा सरकारका अध्यक्ष खर्कसिंह थापा, वडाका पार्टी इन्चार्ज देविलाल पुन (शक्ति) लगायत माओबादि केन्द्र निकट नेता कार्यकता र ८ नम्बर वडाका सयौ नागरिकको उपस्थिति रहेको थियो ।
वडाका सल्लाहकार समिति सदस्य गोपाल पुनको स्वागत मन्तव्य रहेको चुनावी सभा कार्यक्रमको सञ्चालन वडा कमिटि सचिव भिमबहादुर बस्यालले गर्नुभएको थियो ।