रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ७ सानचौरमा नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले चु्नावी सभा सम्पन्न गरेको छ । बैशाख ३० गते हुने स्थानिय तहको चुनावमा जनमतलाई आफनो पक्षमा पार्न माओवादी केन्द्र सिस्ने गाउँपालिकाले चुनावी अभियानलाई तिव्रताका साथ सवै वडमा सञ्चालन गरिरहेको छ ।

सोहि अनुसार स्थानिय तह निर्वाचन चुनावी परिचालन समिति ७ नम्बर वडाको आयोजनामा सानचौरमा चुनावी सभा सम्पन्न गरिएको माओवादी केन्द्र ७ नम्बर वडाले जनाएको छ । माओवादी केन्द्रले जनसेवा आधारभुत विद्यालय सानचौरमा चुनावी सभा सम्पन्न गरेको हो । उक्त विद्यालयमा चुनावी सभा सुरु गर्नु अघि सांस्कृतिक कार्यक्रम सहित वडा परिक्रमा गरिएको थियो । माथिल्लो सान्चौर देखि गोठिचौर हुदैँ चिसापानी, सिस्नेरि बजारबाट नाथिगाड हुदैँ पुनः सानचौरमा सांस्कृतिक झाकी पुगेर कार्यक्रम कोण सभामा परिणत भएको थियो ।

७ नम्बर वडामा विगत एक महिना देखि चुनाव लक्षित अन्य विभिन्न कार्यक्रम पनि सञ्चालन गरिरहेको वडा इन्चार्ज गनेश बुढाले जानकारी दिनुभएको छ । उहाँका अनुसार वडाका सवै गाउँ र बस्तिमा चुनाव चिन्ह चिनाउने र नमुना मतपत्रमा मतदान गर्ने तरिका बारेमा जानकारी गराउने काम पनि सञ्चालन गरिरहेको उहाँको भनाई छ । साथै चुनाव प्रचारप्रसार टोलीले माओबादि केन्द्र सत्तामा हुदाँ अहिलेसम्म गरेका कामको बारेमा नागरिकलाई थाहा दिने काम पनि गरिरहेको छ ।

प्रतिकुल मौसम र हिउदे बाली भित्राउने र बर्खे बाली लगाउने चटारोका विच पनि चुनावी सभामा ८ नम्बर वडाका सायौ नागरिकको सहभागिता रहेको थियो । वडा कमिटि अध्यक्ष मालबहादुर नाथको अध्यक्षतामा सम्पन्न भएको चुनावी सभा कार्यक्रममा नेकपा माओबादि केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि गनेशमान पुनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सिस्ने गाउँपालिकाका इन्चार्ज एवम गाउँपालिका अध्यक्षका उम्मेद्धार कृष्ण रेग्मी, सिस्ने सरकारका उपाध्यक्ष गोबर्धन बुढा र एकीकृत समाजबादि पार्टीका जिल्ला सचिव भवनेश्वर उपाध्यायको विशेष आतिथ्यता रहेको थियो ।

यसैगरी कार्यक्रममा नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिकाका सचिव कर्णबहादुर खत्री, मुख्य मन्त्रि शैक्षिक सुधार कार्यक्रमका जिल्ला संयोजक दुर्गा गौतम, सिस्ने गाउँपालिका उपाध्यक्षका उम्मेद्धार आस्था वि.क, सिस्ने गाउँपालिकाका सचिवालय सदस्य हर्कविर कामी, वडा सरकारका अध्यक्ष अमृते बुढाथोकी, वडा इन्चार्ज गनेश बुढा लगायत माओबादि केन्द्र निकट नेता कार्यकता र ७ नम्बर वडाका सयौ नागरिकको उपस्थिति रहेको थियो ।

वडाका सहसचिव शंकर कवँरको स्वागत मन्तव्य रहेको चुनावी सभा कार्यक्रमको सञ्चालन वडा कमिटि सचिव नरेश खत्रीले गर्नुभएको थियो ।