रुकुम(पूर्व) को सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले वडा नम्बर ८ का मतदातालाई धन्यवाद तथा भेटघाट कार्यक्रम गर्नुभएको छ । आज ८ नम्बर वडाको धपेमा मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रम सप्पन्न गरिएको हो । भेटघाट कार्यक्रमको क्रममा सिस्ने गाउँपालिका अध्यक्ष रेग्मिले आफू लगाएत आफ्नो टिमलाई अमुल्य मतदान गरेर निर्वाचित गाराउने सम्पुर्ण मतदातालाई धन्यवाद दिनुभएको छ ।

अध्यक्ष रेग्मीले जनताको आवश्यकतालाईमध्यनजर गर्दै सिस्ने सरकार अघि बढ्ने बताउनुभयो । स्थानीय सरकार भनेको सेवा प्रवाह गर्ने सरकार भएकाले जनतालाई सरल र सहज तरिकाले सेवा दिन अहोरात्र खट्ने उहाँको भनाई रहेको छ ।त्यस्तै कार्यक्रममा नव निर्वाचित ८ नम्बर वडाका वडाध्यक्ष गोपाल पुनले चुनावी मैदानमा होमिदै गर्दा वैशाख ३० सम्म फरक (फरक दलबाट चुनावी प्रतिस्पर्धामा आएपनि अब सिङ्गो ८ नम्बर वडाको अभिभावक भएको बताउनुभयो । पुनले आफ्नो टिम निर्वाचित भएपछि ५ बर्षको कार्यकालमा कसैलाई काखा कसैलाई पाखा नगरी वडाको समग्र विकासको लागि समान ढङ्गले सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता समेत जानाउनुभएको छ ।

साथै वडामा नयाँ जनप्रतिनिधिलाई स्वागत पदभार तथा निवर्तमान जनप्रतिनिधिलाई बिदाई गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नव निर्वाचित वडा अध्यक्ष गोपाल पुन, निबर्तामान वडा अध्यक्ष खर्कसिह थापा, माओवादी केन्द्रका देबिलाल पुन, नेकपा एमालेका भुपेन्द्र पुन,नेपाली काङ्ग्रेसका ईन्द्रबहादुर खत्री, प्रहरी चौकी धपेका ईन्चार्ज बिरबहादुर बुढा लगाएत नव निर्वाचित वडा सदस्यहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकी धपेका ईन्चार्ज हरिबहादुर केसिले गर्नुभएको थियो ।कार्यक्रममा स्थानीयले विभिन्न सास्कृतिक झाकी सहित गाउँपालिका अध्यक्ष वडा अध्यक्ष लगाएत नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेका थिए ।