रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ३ मा पदभार ग्रहण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । वैशाख ३० मा सम्पन्न स्थानीय चुनावमा निर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रमका बिच स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो ।

पदभार ग्रहण तथा नयाँ प्रतिनिधिलाई स्वागत कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले सर्वप्रथम आफ्नो सम्पुर्ण टिमलाई महत्त्वपूर्ण मतदान गरि भारी मतले निर्वाचित गराएकोमा उच्च समान गर्दै धन्यवाद दिनुभएको छ । त्यस्तै रेग्मीले वडा सरकार देखि पालिका सरकारसम्म पारदर्शी, सुशासन र भ्रष्टाचारमुक्त गाउँपालिका निर्माण गर्न सम्पुर्ण जनप्रतिनिधि मनैदेखी बिकास निर्माण र जनताको सेवामा एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नव निर्वाचित वडा अध्यक्ष हेराम खड्काले जनताले मिहिनेत गरेको फल वडाले प्राप्त गरेको हुँदा अब जनताको सेवामा अहोरात्र खट्ने बताउनु भएको छ । आफ्नो टिमले आगामी ५ बर्ष कार्यकालमा जनताको सल्लाह सुझाव अनुसार बिकास निर्माण गर्न पछि नपर्ने खड्काको भनाई रहेको छ । नेकपा माओवादी केन्द्रका वडा समिति अध्यक्ष नन्दाराम लामिछानेले पाटी र सत्ता एक अर्कामा परिपुरक भएकोले समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

त्यस्तै उहाले अहिले सिस्ने गाउँपालिकामा पालिकाको नेतृत्व चुन्न ३ नम्बर वडाको मत निर्णायक भएको बताउनुभयो । साथै वडाको पहिलो बैठकले विद्युत, खानेपानी, शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय समेत गरेको छ । वडा सचीव नरेश ओलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रेग्मिको प्रमुख आतिथ्यता रहेकोे थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका ३ नम्बर वडा समिति अध्यक्ष नन्दराम लामिछाने, जनता मावी पोखराका प्राधानाध्यापक कलु खड्का, स्वास्थ्य चौकी पोखराका हेल्थ असिस्टेन्ट चुडामणी मल्ल वडाका सम्पुर्ण नव निर्वाचित वडा सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।

नव निर्वाचित वडा अध्यक्ष हेराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रेम खत्रीले गर्नुभएको थियो ।