रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा बिधायन समितिको बैठक सम्पन्न भएको छ । शुक्रबार सिस्ने गाउँपालिका वडा नम्बर ६ मा गाउँपालिकामा गठन भएको बिधायन समितिको बैठक सम्पन्न भएको हो । बैठकले बिभिन्न निर्णयहरु समेत पारित गरेको छ ।

जसअन्तर्गत सभा र कार्यपालिका बैठकमा पेश गरिने ऐन नियम र कार्यविधी शाखागत रुपमा आवश्यकता अनुसार बिधायन समितिमा पेश गर्ने निर्णय गरिएको छ । यस्तै कर्मचारीहरुले प्राप्त गर्ने सेवा सुबिधा र नियम सम्बन्धि कार्यबिधी तयार गरी आउँदो कार्यपालिका बैठकमा पेस गर्ने निर्णय पनि बिधायन समितिको बैठकले गरेको छ ।

बिधायन समितिका संयोजक हेराम खड्काको अध्यक्षतामा बसेको बैठकमा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहाल, रोजगार संयोजक शुसिला सिंह लगाएत बिधायन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।