रुकुम(पूर्व) को सिस्ने गाउँपलिकाका जनप्रतिनिधिले खानेपानी मुहानको अनुगमण गरेका छन् । बर्षातको समयमा देखिने खानेपानी समस्या समाधान गर्नको लागि पालिकाको टोलीले ठाराखोला खानेपानीको मुहानको अनुगमण गरेको हो । हिजोआज आकाशबाट पानी पर्ने बित्तिकै धारामा धमिलो पानी झर्ने गरेको छ । धारामा धमिलो पानी झर्दा उपभोक्ताहरु समस्यामा पर्र्ने गरेका छन् ।

यसै समस्यालाई मध्यनजर गर्दै आज सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी दाहाल, वडा नम्बर ५ का वडा अध्यक्ष बिरेन्द्र बस्नेत, कार्यपालिका सदस्य सुर्य नेपालीलगाएतको टोलीले ठाराखोलाको मुहानको अनुगमण गरेको हो । अनुगमनको क्रममा सदरमुकाम समेत रहेको सिस्ने गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ मा खानेपानीमा देखिएको धमिलोपनालाई तत्काल समाधान गर्ने गरि प्रक्रिया अगाडि बढाउने बताईएको छ ।

रुकुमकोट–चुन्वाङ जोड्ने सडकको कारण सडकमा नाला नहुँदा सडकको ढल मुहानमा मिसिएर खानेपानीमा धमिलोपना देखिएको छ । त्यसलाई केहिदिन भित्र मेसिन लगाएर अस्थायी नालाको व्यवस्था गरि खानेपानीमा देखिएको समस्याको समाधान गर्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले बताउनुभयो । त्यस्तै मुहानमा रहेका ट्याङ्कीहरुमा पिल्टरको व्यवस्था गर्ने र दीर्घकालीन योजना बनाएर समस्याको समाधान गर्ने उहाको भनाई छ ।

सडक पुर्वाधार कार्यलय र खानेपानी डिभिजन कार्यलय सङ्ग समन्वय गरि एकसाता भित्र समस्या समाधान गर्ने उपाध्यक्ष गोपाल रेउलेले बताउनुभयो । खानेपानीमा देखिएको समस्यालाई हल गर्ने कुरा सिस्ने सरकारको पहिलो प्राथमिकतामा रहेको पनि उपाध्यक्ष रेउलेले बताउनुभयो ।