रुकुम(पूर्व) एक युवाले जन्मदिनको अवसरमा रुकुम(पूर्व) अस्पताललाई ब्लाङ्केट सहयोग गर्नुभएको छ । सिस्ने गाउपालिका वडा नम्बर ५ का व्यवसायी तथा समाजसेवी बिकास बुढाथोकीले जन्मदिनको अवसर पारी सहयोग गर्नुभएको हो ।

बुढाथोकीले रुकुम(पूर्व) अस्पतालको प्रशुती गृहमा ३ ब्लाङ्केट सहयोग गर्नुभएको छ । केहिदिन अघि मात्र आफू आफन्तलाई लिएर अस्पतालमा पुग्दा त्यहाँ ओढ्ने ब्लाङ्केट अभावको महसुस गरेर जिल्लाका दुर्गम बस्तिबाट आउने बिरामिलाई सो समस्या नपरोस भन्ने उद्देश्यले ब्लाङ्केट बितरण गरेको बुढाथोकीले बताउनुभयो ।

बुढाथोकीले जन्मदिनमा गरिने अनावश्यक फजुल खर्चलाई काटाएर निश्वार्थ भावनका साथ व्यक्तिगत सहयोग गरेको बताउनुभयो । रुकुम(पूर्व) अस्पतालमा ६ हजार रुपैया बराबरको ३ वटा ब्लान्केट र विभिन्न समस्यामा परेकालाई सहयोग गर्ने उद्देश्यले विपतका लागि राहात कोष भन्ने मुल नाराका साथ केबेन्द्र गौतम र राजु रेग्मिको नाममा संचालन गरिएको सयुक्त खातामा ३ हजार ३ सय ३३ रुपैया गरि जम्मा ९ हजार ३ सय ३३ रुपैया सहयोग गर्नुभएको छ ।

शनिबार रुकुम(पूर्व) अस्पतालमा पुगेर कार्यलय प्रमुख सपना बिकलाई ब्लाङ्केट हस्तान्तरण गरिएको उहाले बताउनुभयो । बुढाथोकीले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सधै सक्रियता देखाउदै आउनुभएको छ । सहयोग गरेकोमा रुकुम(पूर्व) अस्पताल परिवारले उहालाई धन्यवाद ज्ञापन समेत गरेको छ ।