
रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा लघु उद्यम विकास शाखाको आयोजनामा सञ्चालन भएको दुई महिने व्युटिपार्लर तालिम सम्पन्न भएको छ । गत चैत्र १ गते देखि सृजना व्युटिपार्लर रुकुमकोटमा सुरु भएको तालिम आइतबार समापन भएको हो ।
तालिममा ४ नम्बर वडाका ९ जना यूवतिहरुको सहभागिता रहेको थियो । लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमशिलता विकास तालिमबाट व्युटिपार्लर तालिम सिक्न इच्छुक देखिएकालाई तालिम दिइएको कार्यक्रम संयोजक मदन विसीले जानकारी दिनुभयो । यस तालिमबाट सहभागिले व्युटिपार्लर सम्बन्धि आधारभूत ज्ञान आर्जन गरेका छन । तालिमलाई पूर्णता दिन र उनिहरुलाई व्युटिपार्लरमा अब्बल बनाउन आगामी आर्थिक वर्ष थप तालिम दिइने विसीको भनाई छ ।
तलिमको सूरुमा ९ जनाको सहभागिता भएपनि दुई जनाले विविध समस्याको कारण देखाउदै विचमा छोडदा अन्तिमसम्म ७ जनाले मात्र सिप सिकेका थिए । तालिममा अन्त्यसम्म सहभागि सवैलाई आइतबार एक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र वितरण तथा तालिम समापन गरिएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले सिकेको सिपलाई प्र्रयोगमा ल्याउन आग्रह गर्नुभयो । गाउँमै रोजगारीको अवसर सिर्जना गर्न सिस्ने सरकारले विभिन्न सिपमुलक तालिमको आयोजना गरिरहेको बताउदै उहाँले सरकारको लगानीलाई प्रतिफलमा बदल्न सहभागिलाई आग्रह गर्नुभयो ।
अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न भएको प्रमाणपत्र वितरण तथा तालिम समापन कार्यक्रममा उपाध्यक्ष गोपाल रेउले, निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहाल, ६ नम्बर वडा अध्यक्ष पुर्णजंग मल्ल, प्रशिक्षक सृजना शाहि मल्लको उपस्थिति रहेको थियो । रसु होटेल छिप्रिदहमा भएको समापन कार्यक्रमको सञ्चालन लघु उद्यम विकास शाखाका कार्यक्रम संयोजक वि.सीले गर्नुभएको थियो ।