
रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले विद्युत र खानेपानीको समस्यालाई चासो दिएको छ । पछिल्लो समय अनियमित भइरहेको विद्युत र खानेपानीलाई नियमित बनाउन सिस्ने गाउँपालिकाले चासो देखाएको हो । जिल्ला सदरमुकाम र गाउँपालिकाको केन्द्रसमेत रहेको रुकुमकोटका नागरिकले विद्युत र खानेपानीको समस्या झेलिरहेका छन ।
हावाहुरी र पानी पर्नासाथ जाने विद्युत र आउने धमिलो पानिका कारण रुकुमकोटका नागरिक आजित भएका छन् । यि दुवै समस्या समाधान गर्न आइतबार गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहाल नेपाल विद्युत प्राधिकरण र खानेपानीको कार्यालयमा पुग्नु भएको थियो । जनताको दैनिकीसंग जोडिएका विद्युत र खानेपानीको समस्या समाधान गर्न सिस्ने गाउँपालिकाका प्रतिनिधिहरु आज दिउसो रुकुमकोट स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय र खानेपानी सवडिभिजन कार्यालयमा पुग्नु भएको हो ।
उहाँहरुले नेपाल विद्युत प्राधिकरणका सुचना अधिकारी तथा इलेक्टिसियन तेजप्रकाश पुनसंग विद्युतको समस्याका बारेमा छलफल गर्नुभएको छ । रुकुमकोट वितरण केन्द्रका प्रमुख सुरेशप्रसाद चौधरीसंग छलफल गर्ने र समस्याको सामाधान निकाल्ने गरि गाउँपालिको टोली प्राधिकरण कार्यालय पुगेपनि उहाँ कार्यालयमा भेटिनु भएको थिएन । वितरण केन्द्र प्रमुख कार्यालयमा नभएपछि सूचना अधिकारी पुनसंग छलफल गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले बताउनुभयो ।
यस्तै नागरिकको जिवनसंग जोडिएको विद्युत आपूर्ति अनियमित हुदाँ ६ नम्बर वडाका नागरिक खानेपानीबाट बञ्चित भएको भन्दै तत्काल समस्याको समाधान निकाल्न उपाध्यक्ष रेउलेले आग्रह गर्नुभएको थियो । जवाफमा सूचना अधिकारी पुनले रुकुम पश्चिमका विभिन्न ठाउँमा फल्ट हुदाँ रुकुम पूर्वमा विद्युत अनियमित भएको जानकारी दिनुभयो । धैरेनीचौर स्थित सवस्टेनमा रहेको एउटा फेडरबाट मात्र अहिले दुवै जिल्लामा विद्युत आपूर्ति भइरहेकोसूचना अधिकारी पुनले बतानुभयो ।
लामो प्रशारण लाइन त्यसमा पनि फेडर विभाजन नगरि दुवै जिल्लामा विद्युत वितरण गर्दा समस्या आएको उहाँले सुनाउनुभयो । रुकुम(पूर्व) को प्रशारण लाइन ठिकै भएको उहाँको भनाई छ । उहाँकाअनुसार यस जिल्लामा फेडर सिङगल छ । पश्चिममा कतै लाइन विग्रीए पूर्वको लाइन काटनु पर्छ । जसले गर्दा पूर्वमा विद्युत अनियमित भइरहेको छ । पालिका अध्यक्ष रेग्मिले तत्काल बैकल्पिक फेडरको व्यवस्थापन गर्न कार्यालयको तर्फबाट प्रकृया अघि बढाउन निर्देशन दिनुभएको छ ।
उहाँले भन्नुभयो, पालिका र व्यक्तिगत तवरबाट हामि पहल कदमी लिन्छौ । रुकुम पूर्वमा नेपाल विद्युत प्राधिकरणका दुई हजार दुई सय र रुकुमकोटमा मात्रै एक हजार ७ सय ५० ग्राहक रहेका छन । छलफलका क्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले रुकुम पूर्वको लागि छुट्टै फेडरको माग गर्न सूचना अधिकारी पुनलाई निर्देशन दिनुभएको छ ।
यसैविच गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख प्रकाश न्यौपानेसंग पनि छलफल गर्नुभएको छ । खानेपानी कार्यालयमै पुगेर ५ नम्बर वडाका विभिन्न मुहानबाट आउने धमिलो पानीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा उहाँहरुले छलफल गर्नुभएको हो ।
अहिले नै नयाँ मुहानबाट पानी ल्याउन सम्भवन नभएको भन्दै भएको पानीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा छलफल चलेको थियो । तत्कालको समस्या समाधानका लागि पानीका मुहानमा सडकबाट भल जाने ठाउँमा नाला काटने, वितरण टयाङकीमा क्लोरिन राख्ने, विभिन्न ठाउँमा रहेका जोइनमा कपडाका टाला हटाई जोइन वासर राख्ने निर्णय गरिएको छ । जसको सहजिकरण खानेपानी कार्यालयले गर्नेछ । साथै गाउँपालिकाको टोलीले खानेपानी कार्यालयबाट सिस्ने गाउँपालिकामा भइरहेका काम र आगामी आर्थिक वर्षको बजेटका विषमा पनि जाकारी लिएको थियो ।