रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ३ स्थित एक विद्यालयमा बाल संजाल पोखराले कविता र कुर्ची रेस प्रतियोगा सम्पन्न गरेको छ । संजालले आज सौजन्य आधारभूत विद्यालय पाँगामा बाल आवाज बाल अधिकारप्रति बाल संजालको सरोकार भने नाराका साथ विद्यालयमा कविता र कुर्ची रेस प्रतियोगिताको आयोजना गरेको थियो ।

कविता प्रतियोगितामा सौजन्य आधारभूत विद्यालयका कक्षा ७ मा अध्यनरत सितल खड्का प्रथम, कक्षा ८ मा अध्यनरत प्रज्वल खड्का दोस्रो र कक्षा ८ मा अध्यनरत दिनीशा खत्री तेस्रो हुनुभएको छ । त्यस्तै कुर्ची रेस प्रतियोगितामा छात्र तर्फ प्रथम सितल खड्का, दोस्रो सुवास सुनार र तेस्रो अर्जुन खड्का हुनुभएको छ भने छात्रा तर्फ दिपा खड्का प्रथम, निर्मला खड्का दोस्रो र रमिता खड्का तेस्रो हुनुभएको पोखरा बाल संजालका अध्यक्ष अमर खत्रीले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा स्थान प्राप्त गर्ने सबैलाई कापी र कलमले पुरस्कृत गरिएको छ । पोखरामा रहेको बाल संजालले अहिले आफ्नो सक्रियता देखाउदै बालबालिकाको क्ष्ँेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको संजालका अध्यक्ष खत्रीले बताउनुभएको छ ।

बाल संजालका अध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने ३ का वडाध्यक्ष हेराम खड्काको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा सिस्ने ३ का दलित महिला सदस्य प्रेमा कुमारी कामी, सौजन्य आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक रुपलाल बिक लगाएत शिक्षक विद्यार्थीको उपस्थित रहेको थियो । बाल संजालका सदस्य यामराज खड्काको स्वागत मनतव्य रहेको कार्यक्रमको संचालन बाल संजालका सहसचिव दिपेश केसीले गर्नुभएको थियो ।