रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ७ मा रहेको एक विद्यालयमा चेतनामुलक कार्यक्रम गरिएको छ । वडा नम्बर ७ मा रहेको जनसेवा आधारभूत विद्यालयमा समुदायमा प्रहरी साझेदारी कार्यक्रम मार्फत चेतनामुलक कार्यक्रम गरिएको हो ।

विद्यालयमा लागु औषध दुव्र्यसनी, अपराध, घरेलु हिंसा र यातना विरुद्ध चेतना दिने उदेश्यले विद्यालयमा शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

त विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद बुढाको अध्यक्षता सम्पन्न अन्तरक्रिया कार्यक्रममा ७ नम्बर वडाका वडा सदस्य शशिराम बुढा र प्रहरी वरिष्ठ हवल्दार डिल बहादुर ओली लगायतको उपस्थिती रहेको थियो ।