रुकुम (पूर्व)। रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ को क्याङसी वगरमा वस दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमकोट तर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । भूमे २ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा भएको बस दुर्घटनामा अन्य १० बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले मुलुकपाटी डटकमलाई जानकारी दिनुभयो ।

मृतकको सनाखत हुन बाँकी रहेको डिएसपी डाँगीले बताउनुभयो । घाइतेको पनि पनि परिचय खुल्न बाँकी छ । आफु घटनास्थलमै रहेको र थप विवरण संकलनको काम भइरहेको उहाँले बताउनुभयो । बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएपनि दुर्घटनाको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ ।