रुकुम पूर्व । रुकुम पुर्वमा गाडी दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमकोट आउदै गरेको ग १ ख ९१०९ नम्बरको बस भुमे ३ मा दुर्घटना भएको हो । अहिलेसम्म ४ जनाको मृत्यु भएको प्रहरिले जानकारी दिएको छ । मृत्यु हुने एक जना बालक रहेका छन । १३ जना घाइते भएका छन् । ३ जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई रुकुम पुर्व अस्पतालमा ल्याइएको छ । गाडिमा १७ जना सवार रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डागिँले जानकारी दिनुभयो । मृतक र घाइतेको सनाखत हुन बाकी छ । घाइतेको उपचारको लागि हेलिकप्टर बोलाउने समन्वय भैरहेको नरसिंङ दल गुल्मका सेनानी बाबुलाल जिसिले जानकारी दिनुभयो । हेलिकप्टर नेपाली सेनाको सुर्खेतबाट ल्याउने तयारी भइरहेको उहाले बताउनुभयो ।