रुकुम पूर्व मंसिर ४ मा हुने संघीय निर्वाचनका लागि पूर्ण घर्तीले मनोनयन दर्ता गराउनु भएको छ । लुम्बिनी प्रदेशका पूर्व सभामुख समेत रहेका घर्तीले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुमकोट मनोनयन दर्ता गराउनु भएको हो ।

मनोनय दर्ताको लागि माओबादी केन्द्रका सायौ नेता कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुमकोट पुगेका थिए । घर्तीको प्रस्तावबकमा लालबहादुर विसी र समर्थनमा भिमकुमारी पुन रहनु भएको छ ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर क मा माओबादी केन्द्रका तेजबहादुर ओलीले उम्मेद्धारी दर्ता गराउनु भएको छ । प्रदेश निर्वाचन क्षेत्र नम्बर ख मा माओबादी केन्द्र र नेपाली काङग्रेसका उम्मेदवार धनबहादुर केसीले उम्मेदवारी दिनुभएको छ ।