रुकुम पूर्व । पत्रकार सर्जना कार्की सम्मानित भएकी छिन । उत्पादन पोषण र वातावरणमा सुधार ः सुखी जिवनको आधार भन्ने मुल नारा सहित आयोजित ४२ औँ विश्व खाद्य दिवस २०७९ को अवसरमा कार्की समानित भएकी हुन ।


दिवसका अवसरमा कार्कीलाई एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम पूर्वले आइतबार सम्मान गरेको छ । जिल्लाको कृषि खाद्य सुरक्षा र आर्थिक विकासको क्षेत्रमा कलम चलाएर उल्लेखनीय योगदान पुर्याउनु भएकोमा सिस्ने गाउँपालिका वडा नम्बर ५ निवासी तपाई श्री सर्जना कार्कीलाई सम्मान पत्र प्रदान गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तुलाराज सु्नुवार, कार्यालयका प्रमुख पिताम्बर बस्नेत र छनोट समिति संयोजक थलबहादुर बस्नेतले हस्ताक्षर गरेको सम्मान पत्रमा भनिएको छ । सम्मान पत्रको साथमा पत्रकार कार्कीलाई नगद दुई हजार रुपैयाँ पनि दिइएको छ ।

पत्रकार कार्की राष्ट्रिय समाचार समिति (रासस) र ग्यालेक्सी फोरके टेलिभिजन जिल्ला संवाददाता तथा मुलुक पाटी अनलाइन पत्रीकाको सम्पादक हुन ।