रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्मामा मृत भेटिएका बालिकाहरुको हत्या अनुसन्धानको क्रममा ७ जनालाई प्रहरीले नियन्त्रणमा ल्याएको छ । चैत्र २२ गते सिस्नो टिप्न भनी घरबाट निस्किएका एकै घरका दिदिबहिनी घर नफर्किएको र उनिहरुको २३ गते बिहान नजिकैको भिरमा शव भेटिएको थियो ।

११ वर्षकी रिना बुढामगर र ९ वर्षकी कालिमाया बुढामगर । उनीहरुको हत्या गरेर भीरमा फालिएको आशंका गरिएको छ । उनिहरुले लगाएका गर गहना लुटिएकोले लुटपाटका लागि हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीको छ । तालिम प्राप्त कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो । सोहि क्रममा दुई जनालाई शंकाको घेरामा राखिएको छ भने सोधपुछको लागि अन्य ५ जना गरी ७ जनालाई नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी नायव उपरिक्षक अन्जना श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार दुई दिदिबहिनीको शवलाई रुकुमकोट ल्याएर शनिबार पोष्टमार्टव गरिएको छ । घटना अनुसन्धानको क्रममा रहेकाले थप भन्न नमिल्ने उहाँले बताउनुभएको छ ।