पोर्तुगलमा मगर समुदायको ठुलो पर्व भूमे मनाइने भएको छ । रुकुम(पूर्व) सँगै अन्य विभिन्न जिल्लामा घर भइ कामको सिलसिलामा हाल पोर्तुगलमा बस्दै आएका नेपाली मगर समुदायले जुन १८ का दिन पोर्तुगलमा भूमे पर्व मनाउने बताएका छन् ।

क्ष्ःःक्ष्न्च्ब्ल्त्भ् ब्ककयअष्बतष्यलमग को प्रवद्र्धन, मगर सघं पोर्तुगल र तकसेरा समाज पोर्तुगलको संयुक्त आयोजनामा पोर्तुगलको भिस्टा पार्कमा भूम्या पुजा कार्यक्रम २०२३ मनाइने कार्यक्रमका संयोजक ओम घर्तीले जानकारी दिनुभयो । भूमे पर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा अनुसन्धानमा आधारित बिषय बिज्ञसंग “भुमे पर्वः एक मगरात सभ्यता र यसको बहुआयामिक पक्षहरु” बिषयक अन्तरक्रिया कार्यक्रम पनि गरिने संयोजक घर्तीले बताउनुभयो ।

प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्वको रौनक रुकुम(पूर्व) मा सुरु भइसकेको छ । रुकुम(पूर्व) घर भएर नेपालकै विभिन्न ठाउँमा बस्दै आएका र देश बाहिर बस्दै आएकाले आफु जुन ठाउँमा छन् त्यहि ठाउँमा भूमे पर्व मनाउदै आएका छन् ।