रुकुम(पूर्व) मा लागु औषध(गाजाँ) मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ११ का ५९ वर्षका मनबहादुर बुढालाई प्रहरीले साउन २५ गते पक्राउ गरेको हो ।

प्र.ह. राजकुमार चौधरी समेतको प्रतिवेदन जाहेरीको आधारमा बुढालाई बाके जिल्ला अदालतले ९ महिना २६ दिनको कैद सजाय सुनाएको थियो । फरार रहेका प्रतिवादी बुढालाई जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) बाट खटिएको प्रहरी टोलीले सासउन २५ गते दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ गिठेपानीमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक गनेश पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुढालाई रुकुमकोट जिल्ला अदालतमा पेश गरियो । रुकुमकोट जिल्ला अदालतले ९ महिना २६ दिन कैद भुक्तानको लागि बुढालाई कारागार चलान गरेको छ ।