रुकुम पूर्वका एक बाल बेपत्ता भएका छन् । रुकुम पश्चिमकाे मठ घर भएका ९ वर्षीय अविरल केसी हाेजाे १२ बजे देखि रुकुम पूर्वबाट सम्पर्क बिहीन भएका हुन ।

अविरलकी माइजु भुमि राेका मगर खत्रीले दिएको जानकारी अनुसार अविरलकाे बुवा आमा राेजगारीकाे सिलसिलामा अहिले भारतमा हुनुहुन्छ ।

अविरल रुकुम पूर्वमा आफ्नो मामा माइजुसँग बस्दै आएका थिए । कतिपयले अविरललाई रुकुम पश्चिम मठमा रहेको आफ्नाे घर जाने भन्दै घाेरखानि भेटाएकाे बताए पनि अविरल अहिलेसम्म घरमा पनि न पुगेको र सम्पर्कमा पनि नआएको पारिवारिक स्राेतले जनाएको छ ।

त्यस्तै परिवारले अविरललाई देख्ने जाे काेहीलाई पनि नजिकैको प्रहरी अथवा सम्बन्धित ठाउँमा सम्पर्क गरिदिन अपिल गरेको छ ।

सम्पर्कका लागि : ९८४३८४९९०७ , ९७४१८५५९४०