नेकपा एमाले रुकुम पूर्वको बन्द सत्र जारी छ । एमालेको ९ औं जिल्ला अधिबेशन हिजो रुकुमकोटमा उद्घाटन  भएको थियो । सिस्ने गाउँपालिकाकाे वडा नम्बर -६ छिप्रिदहमा आयोजित समारोहको एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अधिबेशनको उद्घाटन गर्नुभएको हाे ।

उक्त जिल्ला अधिबेशनले नयाँ जिल्ला कमिटि चयन गर्ने छ । अधिबेशनमा जिल्लाभर बाट ३ सय ४४ जना प्रतिनिधि सहभागि हुने जिल्ला अध्यक्ष टोपबहादुर ओलीले जानकारी दिनुभएको छ । आज सुरु भएको बन्द सत्रमा पार्टीको राजनीतिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत हुनुका साथै जिल्ला कमिटिको चयन हुने पनि अध्यक्ष ओलीले जानकारी दिनुभयाे ।

अधिवेशनमा प्रमुख अतिथि सचिव अर्यालका साथै पोलिटब्युरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्यहरु नविन रोका र यमुना रोका तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल लगायतको आतिथ्यता रहेको थियो ।