रुकुम पूर्व । कांग्रेसले प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको उपस्थिति रहेको थियो ।

महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको समितिले तयार पारेको घोषणापत्र आज सार्वजनिक गरिएको हो । ‘संविधानको रक्षा, स्थायित्व र सम्मुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अवको सरकार’ नारा सहित संकल्प पत्र सार्वजनिक गरिएको छ।

घोषणापत्र समिति संयोजक एवं महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रलाई ‘निरन्तरतामा नबिनता’ नाम दिएको बताए । उनले भने  ‘नेपाली समाजको विविधतालाई हामीले समेटेका छौँ । हामीले सम्मुन्नतिको सन्दर्भमा मान्छेलाई केन्द्रमा राखेका छौँ । नेपालको सम्मुन्नतिको सन्दर्भमा पाँच बर्षे खाका र त्यसलाई निरन्तरता दिने बिषयलाई समेटेका छौ।’

सार्वजनिक पदमा बसेका व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नैपने बाध्यकारी कानुन बनाउने विषय घोषणापत्रमा समेटिएको शर्माले बताए । फोहोरको दिर्घकालिन समाधान, संसदलाई पाँच बर्ष पूरा कार्यकाल कायम राख्ने लगाएतका विषय घोषणापत्रमा उल्लेख गरिएकाे छ ।