जयराम खत्री /रुकुम(पूर्व)


रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर २ नायगाडमा योङ् कम्यूनिष्ट लिग वाइसियलको भेला सम्पन्न भएको छ । भेलाले पवन विसिको अध्यक्षतामा ४५ सदस्यिय नयाँ वडा समिति निर्माण गरेको छ । जसको उपाध्यक्षमा दिनेश विक, बलिराम झाक्रि, सचिवमा मिलन पुन, सहसचिवमा डिल्लिरमन केसी, पृथी घर्ती र कोषाध्यक्षमा सिर्जना खड्का चयन हुनुभएको छ ।

भेलामा वडाका एक सय ५५ जना युवाहरुको सहभागिता रहेको थियो । नयाँ टोल समितिले आगामि स्थानीय तहको चुनावलाई लक्षित गर्दै टोलटोलमा गएर समिति विस्तार गर्ने र चुनावमा पार्टीलाई जिताउने अभियान थाल्ने निर्णय गरेको छ ।

मदन केसीको अध्यक्षतामा भएको वाइसियलको वडा भेलामा विद्यार्थीका फया्क्सन इन्चार्ज तथा सिस्ने गाउँपालिकाका २ नम्बर वडाध्यक्ष जिवन केसीको प्रमुख आतीथ्यता रहेको थियो । भेलामा पार्टी गाउँ समिति सचिवालय सदस्य कृष्ण खड्का, गाउँ समिति सदस्य चन्द्रराज झाक्रि, विवेक खड्कालगाएतको पनि आतीथ्यता रहेको थियो । भेलाको सञ्चालन बलिराम झाक्रि मगरले गर्नुभएको थियो ।