रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रको सेल समिति निर्माण गरिएको छ । वडाको सिला टोलमा गोर्खबहादुर परियारको अध्यक्षतामा २५ सदस्यीय सेल समिति निर्माण गरिएको छ । जसको सचिवमा यामबहादुर परियार, कोषाध्यक्षमा जिता दमाई र सहसचिवमा सलिना नेपाली चयन हुनुभएको छ ।

नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका वडा समिति ५ का अध्यक्ष प्रकाश कार्कीको अध्यक्षतामा भएको भेलामा नेकपा माओवादी केन्द्र सिस्ने गाउँ संगठन समितिका उपाध्यक्ष शान्तेबहादुर विकको प्रमुख र पालिका सल्लाहकार समिति संयोजक चन्द्रबहादुर थापाको विशेष आतीथ्यता रहेको थियो ।

भेलामा पार्टी सिस्ने गाउँ समिति सल्लाहकार सदस्य राम जी शाही, पार्टी वडा समितिका उपाध्यक्ष टिका पुन शाह, सहसचिव कर्णबहादुर दमाई, कोषाध्यक्ष विष्णु परियार, टाकुरा टोल समितिका अधयक्ष रेशम विक लगाएतको आतीथ्यता रहेको थियो । भेलाको सहजिकरण वडा पार्टीका सचिव केशव थापाले गर्नुभएको थियो ।

यस्तै सिस्ने ६ को पाखागाउँमा पनि नेकपा माओवादी केन्द्रको भेला सम्पन्न भएको छ । भेलाले बसन्त बुढाथोकी अध्यक्ष र सचिवमा हरि शाह रहेको १९ सदस्यीय टोल समिति गठन गरेको छ । भेलामा जिल्ला समन्वय समिति सदस्य दुर्गा गौतमको प्रमुख आतिथ्यता रहेको रहेको थियो ।

प्रमुख अतिथि गौतमले आगामी बैशाख ३० मा स्थानीय चुनावको लागि सम्पुर्ण कार्यकर्तालाई एकजुट भएर लाग्न निर्देशन दिनुभएको छ । त्यस्तै उहाले आगामी चुनावको लागि टोलटोलमा नेताकार्यकर्ता सहिद परिवार घाईते अपाङ्ग जेष्ठ नागरिकको सल्लाह सुझाव अनुसार नै उम्मेदवार छनोट गरिने समेत बताउनुभएको छ

सचिवालय सदस्य सुधन रेग्मी, वडा ईन्चार्ज ज्ञानु चन्द सिस्ने गाउँसमिति सदस्य सुशीला दहाल, मनबहादुर बुढाथोकी, अनेरास्ववियुका लुम्बिनी प्रदेश समिति उपाध्यक्ष रुपेन्द्र मल्लको आतिथ्यता रहेको थियो । वडा समिति अध्यक्ष सुगन्धा मल्लको अध्यक्षता भएको बैठकको संचालन वडा सचिब सेतबहादुर बुढाथोकीले गर्नुभएको थियो ।