रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ को दुदिल्लागैरामा नेकपा माओवादी केन्द्रको सेल समिति निर्माण गरिएको छ । नेकपा माओवादी केन्द्र सिस्ने ५ नम्बर वडा समितिका अध्यक्ष प्रकाश कार्कीको अध्यक्षतामा सम्पन्न भेलाले गोपाल बुढाथोकीको अध्यक्ष भएको २१ सदस्यीय सेल समिति निर्माण गरेको हो ।

जसको सचिवमा प्रेमबहादुर बस्नेत सहसचिवमा लोकप्रसाद बुढाथोकी र कोषाध्यक्षमा लक्ष्मी कार्कीलाई चयन गरिएको छ । भेलामा सहभागीहरुले ५ नम्बर वडा सरकारले गाउँमा थुप्रै उदाहरणीय कामहरु गरेको र अहिलेसम्मको कामबाट आफुहरु सन्तोषजनक रहेको बताएका छन । दुदिल्लागैरा टोलमा खानेपानी, विद्यालय, सडक, विद्युतलगाएतका कामहरु ५ बर्षको अवधिमा सम्पन्न भएको बताउदै यसबाट आफुहरुलाइै धेरै सुविधा भएको नागरिकहरुले बताएका छन् ।

साथै अब आउने उम्मेदवारले पहिले वडामा भएका कामहरुबाट पाठ सिक्दै अगाडि बढ्नु पर्ने सुझाव दिएका छन । कार्यक्रममा नेकपा माओवादी केन्द्र सिस्ने गाउँ संगठन समितिका उपाध्यक्ष एवम् ५ नम्बर वडा सरकारका अध्यक्ष शान्तेबहादुर विकले सबैको साथ सहयोगले गाउँगाउँमा विकास गर्न सफल भएको बताउनुभयो । साथै आगामी बैशाख ३० मा स्थानीय चुनावको लागि सम्पुर्ण कार्यकर्तालाई एकजुट भएर लाग्न निर्देशन दिनुभएको छ ।

त्यस्तै उहाले आगामी चुनावको लागि टोलटोलमा नेताकार्यकर्ता, सहिद परिवार, घाईते, अपाङ्ग, जेष्ठ नागरिकको सल्लाह, सुझाव अनुसार नै उम्मेदवार छनोट गर्नेतर्फ पार्टीले ध्यान दिने बताउनुभयो । उहाँले वडामा रहेका अधुरा कमहरुलाई अब आउने माओवादीकै जनप्रतिनिधिले मात्रै सम्पन्न गर्ने बताउनुभयो ।

भेलामा विकसहित सिस्ने गाउँ संगठन समिति सदस्य बिष्णु परियार, केबेन्द्र गौतम, बिकास बुढाथोकी, ५ नम्बर वडा समितिका उपाध्यक्ष टीका पुन शाह लगाएतको उपस्थित रहेको थियो । भेलाको सहजिकरण वडा पार्टी समितिका सचिव केशव थापाले गर्नुभएको थियो ।