बालाराम शेर्पाली/रुकुम(पूर्व)


रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रको चुनावी प्रचार तथा घरदैलो अभियान कार्यक्रम सञ्चालन गरिएको छ । वैशाख ३० मा हुने स्थानीय तहको चुनावलाई लक्षित गरेर सञ्चालन भइरहेको घरदैलो अभियान कार्यक्रममा जनताले विभिन्न प्रकारका माग राखेका छन् भने नागरिकका मागलाई पुरा गर्ने प्रतिबद्धता अहिलेका उम्मेद्वारहरुले जनाएका छन् ।

६ नम्बर वडाबासीले त्यहाँ निर्माण भएको टावर छिटै सञ्चालनमा आउनुपर्ने, नइमाकिङ, तामारि, रुन्चि, नाखे खाम्दै स्याला लगायत अन्य ठाउँमा विद्युत विस्तार गर्नुपर्ने, युद्ध स्मारिका जाने बाटो आरसिसि गर्नुपर्ने, सिढी निर्माण, एक घर एक धारा खानेपानी, खेल मैदान निर्माण लगाएतका मागहरु राखेका छन् । घरदैलो कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका अध्यक्षका उम्मेद्वार होम ्रकाश श्रेष्ठले नागरिकले माग गरेका कुरालाई पुरा गर्ने प्रतिबद्धता जनाउदै स्वास्थ्य, गरिब जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति, विद्यार्थीलाई विनाब्याज विनाधितो ऋण दिने जस्ता कुराहरुलाई जोड दिने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दलजित शेर्पालीसँगै अन्य नेता, उम्मेद्वार, कार्यकर्ता र आम नागरिकको उपस्थिती रहेको थियो ।